कांग्रेस महामन्त्री डा.शशांक कोइराला डिस्चार्ज
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणमा पर्नुभएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाले स्वास्थ्यमा सुधार आएपछि कोइरालालाई डिस्चार्ज गरिएको तर अझै केही दिन होम आइसोलेसनमा बस्नुपर्ने जानकारी दिनुभयो ।
चावहिलमा रहेको ऊँ अस्पतालमा पाँच दिनको उपचारपछि डा. कोइराला निको डिस्चार्ज हुनुभएको हो । भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइराला होम आइसोलेसनमा बस्नुभएको थियो तर स्वास्थ्यमा समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत