कोरोना बिमा दाबी गरेकाहरुलाई रकम दिँइदै
अ +
अ -
काठमाडौं । कोरोना बिमा दाबी गरेकाहरुले अहिलेसम्म जम्मा ६० हजार ५ सय ८७ रकम पाएका छन् । कोरोना बिमामा अहिलेसम्म ९१ हजार ६ सय ७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिले जनाएको छ।
२०७७ चैतसम्म कोरोना बिमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बिमा समितिको तथ्यांक छ । नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाले दाबी रकम नपाउने समितिले जनाएको छ ।
बिमा दाबी बापत आवेदन दिनेमध्ये ६ सय ६६ जनाले रकम नपाउने भएका हुन् । कोरोना बिमासम्बन्धी मापदण्ड अनुसार करिब साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी सरकारी कोषबाट हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत