काठमाडौं उपत्यकामा १३८४ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा आज १ हजार ३८४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज थपिएका ६ हजार ६३१ जनामध्ये उपत्यकाका जना रहेका छन् । आज ८ हजार ६६३ जना संक्रमित निकाे भएका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत