अक्सफोर्डको कोरोना खोप परीक्षणमा एक जनाको मृत्यु

फाइल तस्बिर
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस विरुद्धको खोप परीक्षणका क्रममा एक जनाको मृत्यु भएको छ ।
ब्राजिलको राष्ट्रिय स्वास्थ्य सुपरीवेक्षण संस्था (एनभिसा)ले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपको क्लिनिकल परीक्षणका क्रममा एक स्वयम् सेवकको मृत्यु भएको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
क्लिनिकल परीक्षणका क्रममा मृत्यु भएका विषयमा थप जानकारी दिइएको छैन । मृतक भने ब्राजिलकै नागरिक रहेको जनाइएको छ । रियो दि जेनेरियोमा बस्ने २८ वर्षका पुरुषको कोभिड १९ को जटिलताबाट मृत्यु भएको उल्लेख गरिएको छ ।
स्वयमसेवकको मृत्यु भएपनि क्लिनिकल ट्रायल भने जारी रहने अक्सफोर्डले जनाएको छ । ब्राजिलमा साओपालो यूनिभर्सिटिले क्लिनिकल ट्रायलमा सहयोग गरिरहेको छ । यसअघि पनि अक्सफोर्डको खोपबाट एक स्वयसेवकको ढाडमा गम्भिर असर गरेको थियो ।
तपाईँको अभिमत