फिजियोथेरापीमा व्यायामका माध्यमबाट शरीरका मांसपेशीहरूलाई सक्रिय बनाइन्छ
आज सेप्टेम्वर ८, विश्व फिजियोथेरापी दिवस । विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइदैछ । दिवसका अवसरमा नेपाल फिजियोथेरापी संघले र्याली लगायतका विभिन्न जनचेतामूलक कार्यक्रम गर्दैछ । संघकाका अध्यक्ष फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले फिजियोथेरापीको महत्व बुझाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार चिकित्सामा हातको माध्यमबाट गरिने थेरापीलाई फिजियोथेरापी थेरापी भनेर बुझ्नपर्छ । यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ । उहाँले फिजियोथेरापीमा फिजियोथेरापिस्टहरूले व्यायामका माध्यमबाट शरीरका मांसपेशीहरूलाई सक्रिय बनाउने बताउनुभयो ।
फिजियो थेरापीमा वैज्ञानिक विधिबाट विभिन्न अभ्यास, इलेक्ट्रिक पद्धती अपनाइन्छ । कतिपय रोग औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधिको प्रयोगविना व्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो ।
हेल्थपाटी
तपाईँको अभिमत