पोखराका २ ठाउँमा भेटियो बर्ड फ्लू

फाइल फोटो ।
पोखरामा बर्ड फ्लू भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ मा घरपालुवा कुखुरा र हाँसमा बर्ड फ्लू भेटिएको हो
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा. ग्रीष्म न्यौपानेका अनुसार ती वडामा खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी कुखुरा, हाँस र बट्टाइसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरेको छ ।
दुवै ठाउँमा हिजोदेखि फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको न्यौपानेले बताउनु भयो ।
पोखरा–१५ अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटनका खेमबहादुर क्षेत्रीले पालेको कुखुरामा बर्ड फ्लू भाइरस देखिएको छ ।
उहाँहरुले कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याएर परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाण्डौ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै ठाउँमा सङ्क्रमण पुष्टि भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत