सिटामोलको अभाव छैन : औषधि लिमिटेड

अ +
अ -
नेपाल औषधि लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको जनाउँदै सिटामोलको अभाव नभएको जनाएको छ ।
औषधि लिमिटेडले विज्ञप्ति निकालेर डेंगीको संक्रमणलाई ध्यानमा राख्दै बबरमलस्थित कार्यालमा विहान ८ देखि साँझ ६ बजेसम्म जो कोहीले आवश्यकता अनुसार खरिद गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले सिटामोल पर्याप्त रहेको र नियमित रुपमा उत्पादनरबिक्रीवितरण भइरहेको बताउनुभएको छ ।
तपाईँको अभिमत