अब कोरोना पोजेटिभको रिपोर्ट प्रयोगशालाबाटै लिन पाइने

फाइल फोटो
काठमाडौं । अबदेखि पीसीआर परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएमा सोको रिपोर्ट सम्बन्धित प्रयोगशालाले संक्रमितलाई नै दिने भएको छ ।
ईन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले जुन-जुन प्रयोगशाला वा अस्पतालमा पीसीआर परीक्षण गरिएको हो सोही संस्थाहरुले नै सिधै रिपोर्ट संक्रमितलाई दिन लगाउने निर्णय गरेको हो ।
हाल लक्षण नभएका संक्रमितहरु होम आइसोलसनमा बस्नुपर्ने भएकाले यस्तो निर्णय गरेको बताइएको छ । यसअघि पीसीआर नेगेटिभ आएकालाई मात्रै प्रयोगशालाले रिपोर्ट दिने गर्दथ्यो।
'यसअघि प्रयोगशालाहरुले रिपोर्ट ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी)लाई पठाउँथ्यो,र ईडिसिडीले नै फोन गरि संक्रमितलाई रिपोटबारे जानकारी गराउँथ्यो तर अबदेखि प्रयोगशालाबाट नै रिपोर्ट पाइने भएको छ,' उच्च स्रोतले भन्यो ।
हेल्थपाटी
तपाईँको अभिमत