चीनकाे कोरोना खोपलाई विश्व स्वास्थ्य संगठनले दियाे अनुमति

प्रतिकात्मक तस्विर
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई कोरोना विरुद्धको खोप सर्वसाधfरणलाई लगाउन अनुमति दिएको छ । खोपको तेस्रो चरणको परीक्षण गरिरहेको चीनले कोरोना विरुद्धको खोप आकस्मिक प्रयोजनका लागि सर्वसाधारणलाई लगाउन डब्लूएचओबाट अनुमति पाएको चिनियाँ अधिकारीहरुले जानकारी दिएको साउथ चाइना मार्निङ पोष्टले जनाएको छ ।
चीनले तेस्रो चरणमा पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग प्रमुख झेङ झोङग्वेइले आकस्मिक प्रयोगका लागि डब्ल्युएचओले कोरोनाको खोपको अनुमति दिएको जानकारी दिनुभयो ।
उहाँले मध्य जुनमा नै उच्च जोखिममा रहेका समूहलाई खोप लगाउनका लागि डब्लूएचओलाई प्रस्ताव गरेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मी, सिमाका अधिकारी तथा इन्जिनियरहरुलाई खोप दिइनेछ । रुसले भने आफैले सर्वसाधारणका लागि कोरोना विरुद्धको खोप दिइरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत