डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय सरकारी वार्ता टोली
अ +
अ -
काठमाडौं । सरकारले अनशनरत डा. गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहनुभएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा लगायतका विभिन्न माग राखी डा.केसी २४ दिनदेखि अनशनमा रहनुभएको छ ।
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत