बीडीएस र एमबीबीएस परीक्षाको नतिजा सार्वजनिक, ६०५ जना पास
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी ११ सय ५६ जनामध्ये ६०५ जना पास र ५३७ जना फेल भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार डेन्टल तर्फ १९५ जनामध्ये १२३ जना ( ६३.७ प्रतिशत) उतीर्ण भएका छन् ।फारम भरेकामध्ये परीक्षामा १ जना सहभागी भएका थिएनन ।
यस्तै एमबीबीएस तर्फ ९४७ जना परीक्षामा सहभागी भएकामध्ये ४८२ जना पास भएका छन् । परीक्षाका लागि ९६० जनाले फारम भरेका थिए । एमबीबीएस तर्फ ५०.८९ प्रतिशत उतीर्ण भएको डा. अधिकारीले बताउनुभयाे ।
कम्प्युटर बेसमा आधारित परीक्षा काउन्सिलले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा हिजो र आज सञ्चालन गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत