दशैँमा खानेकुरा कसरी खाने : पाँच सुझाव
दशैँमा मासु, मिठाई, भात र विविध परिकार खाने परम्परा छ। तर अत्यधिक सेवनले स्वास्थ्यमा समस्या आउन सक्छ। चिकित्सकहरूले यस पर्वमा खानपानमा ध्यान दिन पाँच सुझाव दिएका छन्।
सन्तुलित आहार — मासु वा चिल्लो मात्र नभई तरकारी, सलाद र फलफूल पनि पर्याप्त मात्रामा खानुहोस्।
थोरै–थोरै तर पटक–पटक खाने — एकैपटक धेरै खानु हुँदैन । सानो मात्रामा दिनभर खाँदा राम्रो हुन्छ।
पानी र तरल पदार्थ — भारी परिकारपछि प्रशस्त पानी वा जुस पिउनु पाचनका लागि फाइदाजनक हुन्छ।
मिठाईमा संयम — अत्यधिक मिठाई वा चिनीजन्य परिकारले तौल र रक्तचाप बढाउन सक्छ, त्यसैले नियन्त्रणमा खानुपर्छ।
शारीरिक गतिविधि — खानापछि हल्का हिँडडुल वा घरायसी काम गर्नाले पाचनमा सहयोग पुर्याउँछ।
विशेषज्ञहरू भन्छन्, दशैँमा स्वादसँगै स्वास्थ्यलाई प्राथमिकता दिन सके पर्व अझ रमाइलो र सुरक्षित हुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत