फूलप्रेमी डाक्टर : कतै फूल फुलेको देखेँ भने हाँगा भाँचेर ल्याइहाल्थेँ(भिडियो)
बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.पवन कुमार शर्मा फूलका निकै सौखिन हुनुहुन्छ । सानै उमेरदेखि कतै जाँदा फूल फूलेको देख्यो कि उहाँको ध्यान त्यसमा पुगिहाल्थ्यो । कुन फूल कसरी सर्छ उहाँलाई ज्ञान थिएन तर फूलका हाँगा भाँचेर घरमा ल्याएर बगैँचामा गाडी हाल्नुहुन्थ्यो।
अहिले पनि डा. शर्माले ललितपुर कुसुन्तीस्थित आफ्नो घर परिसरमा अनेकौँ थरीका फूल तथा फलफूलका बिरुवा रोप्नु भएको छ । फूर्दसको समयमा फूलहरुसँग मन बहालाउने र आनन्द लिने गरेको उहाँ सुनाउनुहुनछ।
डा.शर्माको फूल प्रेमबारे हेल्थपाटीका लागि जगन्नाथ ढकालले कुराकानी गर्नुभएको छ।
फूलबारे प्रा.डा..पवन कुमार शर्मा शर्माको अनुभव
हाम्रा फरक–फरक इन्द्रीयहरु छन् । यिनले मस्तिष्कमा सूचनाहरु लैजाने गर्छन् । जस्तो–चोट लाग्यो भने मस्तिष्कमा नराम्रो सूचना लैजान्छन् भने फूल हेर्दा राम्रो सूचना लैजान्छन्।
फूल देखेर नरमाउने मान्छे त कमै हुन्छन् । तर आफैँले हुर्काएर आफूँसँग राखेर फूलको आनन्द लिने छुट्टै पाटो हो ।
पेशापछिको समय कसरी गुजार्ने भन्ने हुन्छ । कोही पुस्तक पढेर समय बिताउँछन् । कोही खेलमा समय बिताउँछन् होला, कोही केमा बिताउँछन् होला । मलाई चाहिँ सानै देखि फूलमा रुची भएकाले यसमा समय बिताउन मन लाग्छ।
अस्पतालबाट काम गरेर आइसकेपछि कहिँले कहीँ त । लुगा नै नफेरि बारीमा जान्छु । लुगा फोहार पारेको भनेर बेला–बेला परिवारका मान्छेबाट गाली पनि खान्छु । बिरुवा सानैमा ल्याएको हुन्छ । त्यसमा कुन दिनमा कतिवटा पात पलायो भन्नेसम्म मैले याद गरेको हुन्छु।
विरुवा के भयो, त्यसले पानी पायो कि पाएन, मल लागेको छकि छैन ? त्यसमा दिमाग जान्छ । हेर्दाहेदै त्यहीँ झुल्छु।
सानोसानोमा म कसैको घरमा जाँदा फूलका हाँगाहरु चोरेर ल्याउँथे । फूल कसरी सर्छ भन्ने ज्ञान थिएन । हाँखा भाँचेर घरमा ल्याएर गाड्ने गर्थेँ।
ध्यान गर्दा मनलाई एकाग्र राख्ने भनिन्छ । फूलसँग रहँदा पनि मनमा एक खालको एकाग्रता, शान्तपनको गुण आउँछ । फूलहरुसँग खेल्दा मनमा शान्ति हुन्छ । मन प्रफुल्ल हुन्छ।
मेरो बगैँचामा कति फूल छन् भन्न सक्दिन । अहिले गोदावरीको सिजन छ । १० थरीको त गोदावरी नै छ जस्तो लाग्छ । फूल मात्रै नभएर यहाँ विभिन्न फलहरु पनि छन्।
फूलोस कि नफूलोस्, फलोस वा नफलोस् नयाँ कुरा देख्यो भने म त्यसको बिरुवा घरमा ल्याएर राख्छु । यहाँ जटामसी, अश्वगन्धा जस्ता जडीबुटीका विरुवा पनि छन्।
कुनै पीडादायी अवस्था छ भने दुखःलाई भुलाउनु त पर्छ । कुनै दुखः परेर मनमा घण्टौँदेखि कुरा खेलाएर बसिरहेका बेला फूलको नजिक आयौँ भने यसले दुखःलाई भुलाउन केही मद्दत अवश्य गर्छ।
मन एकैछिनका लागि भएपनि अन्त मोडिन्छ । धेरैबेर हुँदा यसैले मन यतै भुलाउन थाल्छ।
जुन अस्पतालको झ्यालबाट रुख देख्न पाइन्छ, बिरामीले बाहिर हरियाली देख्न पाउँछन् त्यो बिरामी छिटो निको हुन्छन् भन्ने कुरा मैले कतै पढेको पनि थिएँ।
अहिले पो हामीले हामी बस्ने संसार कृत्रिम बनाएका छौँ । नत्र त हामी जंगलको वरिपरि नै रहेर जीवन चलाउँदै आएका हौँ नि । मान्छेले कंक्रिटका घरहरु बनाए । हामी आफैँ प्रकृतिबाट टाढा भयौँ । कंक्रिटका घरमा बसेपनि मान्छे पार्क जाने, हाइकिङ जाने गर्छ नि । कहाँ जान्छन् भन्दा फेरि हरियोकै वरिपरि जाने त हुन्।
हरियालीले निरोगी हुन कत्तिको मद्दत गर्छ ?
उच्चरक्त चापको कुरा गर्दा त्यसको एउटा कारण भनेको तनाव पनि हो । उच्च रक्तचाप घटाउन कम नुन खाने, दैनिक कसरत गर्ने उपाय होलान् । अर्काे भनेको तनाव कम गर्नुपनि हो । तनाव कम गर्न के साधन प्रयोग गर्नुहुन्छ त भन्दा प्रकृतिसँग रमाउने एउटा उपाय हो।
हरियोसँग खेल्ने, हरियोमा हिँड्ने, हरियोमा रमाउने गर्दा तनाव कम हुन्छ।
अर्काे कुरा मान्छेको आँखाँले के खोच्छन् भन्ने पनि हो । यहीँको कुरा गर्दा कोहीकोही रोकिएर ओहो कस्तो राम्रो मखमली फुलेको भन्छन् । धेरै जना यहाँबाट हिड्छन् उनीहरुले यसलाई राम्रोसँग देखेका पनि हुँदैनन्।

हेल्थपाटी
तपाईँको अभिमत