स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न विधामा अवार्ड प्रदान गर्दै
अ +
अ -
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसि) ले विभिन्न विधामा यो वर्षपनि अवार्ड दिन लागिएको भन्दै दरखास्त दिन आव्हान गरेको छ ।
एनएचआरसिले हेल्थ रिर्सच अवार्ड, म्रिगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ रिर्सचर अर्वाड(मेडिकल डाक्टर), म्रिगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ रिर्सचर अर्वाड, हेल्थ रिसर्च लाइफ टाइम अचिभ्मेन्ट अवार्डका लागि असार ७ गतेसम्म आवेदन दिन सूचित गरेको छ ।
आफ्नो स्थापना दिवसका अवसरमा एनएचआरसिले अप्रिल १०–१२ मा स्वास्थ्य तथा जनसंख्या सँग सम्वद्ध वैज्ञानिकहरुको सातौ राष्ट्रिय सम्मेलनका अवसरमा यो अवार्ड दिने भनिएकोमा कोभिडका कारण सम्मेलन जुलाइ १ र २ मा सरेको छ । सोही अवसरमा उक्त अवार्ड दिइने एनएचआरसिले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत