विद्यालयसहित २५ जनाभन्दा बढी भेला हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं । पछिल्लो समय विद्यार्थी तथा कम उमेरका व्यक्तिलाई कोरोना भाइरस संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तथा भीड हुने क्षेत्र बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमण दिनदिनै बढ्दै गएकाले विद्यालयसहित भीड हुने क्षेत्र केही समयका लागि बन्द गर्न आफूहरुले कोभिड-१९ संकट ब्यवस्थापन संचालन केन्द्र(सिसिएमसि) लाई सिफारिस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार २५ जनाभन्दा बढी भेला हुने क्षेत्र, स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थानहरु बन्द गर्न बुधबार नै सिसिएमसिलाई सिफारिस गरिएको हाे ।
अहिलेको स्थितिमा विद्यालय बन्द गरेर अनलाइनबाटै पठनपाठन सञ्चालन गर्न आफूहरुले सिफारिस गरेको उहाँले बताउनुभयो ।सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्विमङ पुल लगायत बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।
केही महिनादेखि विद्यालय तथा कलेज भौतिक उपस्थितिमा नै खुलिरहेको छ भने पार्टी प्यालेस , रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत