कोभ्याक्सले अबको ६ महिनाभित्र २ अर्ब डोज खोप वितरण गर्ने
कोरोना विरुद्धको खोपको समान पहुँचका लागि निर्माण गरिएको कोभ्याक्सुविधा कार्यक्रमले २०२२ को पहिलो ३ महिनासम्म आपूर्ति गर्ने लक्षित खोप परिमाण सार्वजनिक गरेको छ । जसअनुसार २०२१ सम्ममा १ अर्ब ४२ करोेड डोज खोपको आपूर्ति हुने कोभ्याक्सले जनाएको छ । साथै २०२२ को पहिलो ३ महिना भित्र आपूर्तिलाइ बढाएर २ अर्ब डोज खोप वितरण गर्ने लक्ष्य राखेको छ ।
६ महिनाको अवधिमाकोभ्याक्सले १३९ मुलुकमा २४ करोड डोज खोप आपूर्ति गरिसकेको छ । कोभिड–१९ को खोपको विश्वव्यापी पहुँच पुर्याउँन कोभ्याक्स अर्थात एक बहुआयामिक लक्ष्य निर्धारण गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा कोभ्याक्सले पनि तत्कालै यसका लागि आवश्यक पर्ने वित्त सुनिश्चित गरेको थियो । यसका साथसाथै इतिहासकै जटिल र ठूलो खोप कार्यक्रम प्राविधिक आयोजक र संचालनको चुनौतीका साथ सम्बोधन समेत गरिएको थियो ।
कोभ्याक्सले खोपका लागि १० अर्ब डलर भन्दा बढी उठाइसकेको र ४।५ अर्ब डोज खोपका लागि प्रतिबद्धता जाहेर भइसकेको छ।
कोभिड–१९ खोपमा पहुँचको विश्वव्यापी अवस्था अझै स्वीकार्य किसिमको छैन । न्यून र मध्यम आम्दानी भएका मुलुकहरुमा केवल २० प्रतिशतले मात्रै पहिलो डोज खोप प्राप्त गरेका छन् । उच्च र माथिल्लो उच्च आम्दानी भएका देशहरुले ८० प्रतिशत प्राप्त गरिसकेका छन् ।
कोभ्याक्समा न्यून आम्दानी भएका मुलुकहरुमा पनि झन्डै १।२ अर्ब डोज वितरण गरिने छ ।
हेल्थपाटी 
तपाईँको अभिमत