नेपालमा लगाइयो १ करोड कोरोना खोप, पूर्णखोप लगाउने १५ प्रतिशत
अ +
अ -
नेपालमा हालसम्म १ करोड डोज कोभिड खोप प्रयोग भएको छ । गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म १ करोड ९२ हजार १६४ डोज खोप प्रयोग भएको छ ।
जसमध्ये १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । परिवार कल्याण महाशाखा खोप शाखाका अनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाएका छन् ।
नेपालमा हालसम्म कोभिशिल्ड, एष्ट्राजेनेका, भेरोसेल र जोनसन एण्ड जोनसनको खोप प्रयोग भइरहेको छ । विश्वमा ५ अर्ब भन्दा धेरै मानिसले कोरोना विरुद्धको खोप लगाइसकेको विश्वस्वास्थ्य संगठनले जनाएका छन् ।
हेरौं नेपालको कुन प्रदेशमा कुन खोप कतिले लगाए :
हेल्थपाटी 
तपाईँको अभिमत