आकस्मिक घोषणा भएका सार्वजनिक विदामा सेवा बन्द नगर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक रुपमा घोषणा गरिएको सार्वजनिक बिदामा आफ्नो सम्पूर्ण सेवा सञ्चालन गर्ने भएको छ ।
सरकारबाट पूर्व प्रकाशित सार्वजनिक बिदाहरु बाहेक, आकस्मिक रुपमा घोषणा भएका सार्वजनिक बिदाहरुमा पुर्व निधारित अपरेशन, एमआरआई, सिटी स्क्यान लगायतका लामो समय पालो कुर्नु पर्ने सेवाहरु सहित अन्य महत्वपूर्ण नियमित सेवाहरु समेत प्रभावित हुने भएकोले आकस्मिक घोषणा भएका बिदाका दिनहरुमा अस्पतालका सम्पूर्ण सेवा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका शाखा अधिकृत सुमन भट्टराईले विज्ञप्ति निकालेर आकस्मिक घोषणा भएका बिदामा सेवा प्रवाह गरेवापत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई १ दिन बराबरको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने निर्णय प्रतिष्ठानको कार्यकारी परिषदले गरेको जानकारी दिनुभएको छ ।
प्रतिष्ठानको यो निर्णयप्रति सबैले प्रशंसा गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत