बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. प्रकाश क्षेत्री उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. प्रकाश क्षेत्री उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशी १ लाख रुपैंया रहेको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित मूल समारोहमा डा.क्षेत्रीलाई स्वास्थ्यमन्त्री पदम गिरीले सम्मान गर्नुभएको हो । उहाँ विगत १५ वर्षदेखि स्वास्थ्य सेवामा हुनुन्छ । उहाँले डडेल्धुराका जिल्ला अस्पतालमा ७ वर्ष सेवा प्रदान गर्नुभएको थियो । साथै उहाँले सेती अस्पताल धनगढीमा जर्नल सर्जनका रुपमा सेवा प्रदान गर्नुभयो ।
काठमाडौं बाहिर मिर्गाैला प्रत्योरोपण सेवा विस्तारमा उहाँले सहयोग गर्नुभयो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ६ जनाको मिर्गाैला प्रत्यारोपण भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत