राष्ट्रपतिद्वारा १५ महिला चिकित्सकलाई विशेष सम्मान
चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरिएको छ । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई आज विशेष सम्मान गर्नुभएको हो ।
दिउसो राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले १० जना चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ र पाँच जनालाई ‘वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्धारा सम्मान गर्नुभयो ।
संघले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो।
यो वर्ष अवार्ड पाउने महिला चिकित्सकहरु
वुमन इन मेडिसिन अवार्ड
१.प्राडा. आश्मा राणा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
२. प्राडा. रोश्ना अमात्य (एनेस्थेसिया)
३. डा. स्वराज राजभण्डारी (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
४.डा. तीर्था राणा (पब्लिक हेल्थ फिजिसियन)
५. डा. बसुधा खनाल (माइक्रो बायोलोजी)
६. डा. कमला बुढाथोकी (डर्माटोलोजी)
७. डा. लक्ष्मीनानी श्रेष्ठ (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
८. डा. मिरा मल्ल (डेन्टल)
९. डा. उषा शाह (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
१०. डा. मिथिला शर्मा (अबस्टेट्रिसियन एन्ड गाइनेकोलोजिष्ट)
वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्ड
१. डा. नारायणी श्रेष्ठ (अप्थाल्मोलोजी)
२. डा. बिमला ओझा (डर्माटोलोजी)
३. डा. गीता बस्नेत (रेडियोलोजी)
४. डा. रेवा श्रेष्ठ (मेडिकल अफिसर)
५. डा. ओमविक्रम शाह (रेडियोलोजी)
हेल्थपाटी
तपाईँको अभिमत