महिनावारी सुुक्नुु रोग होइन
महिनावारी सुुक्नुु (रजोनिवृति) रोग होइन तर जसरी महिनावारी हुुँदा कसै कसैलाई साधारण समस्या हुुनसक्छन्, महिनावारी सुुक्दा पनि साधारण समस्या देखापर्नुु स्वाभाविक हो भनेर बुुझ्न सके महिलालाई सजिलो हुुने थियो । मैले पनि “आवर बडी आवर सेल्भ” पढेपछि रजनोवृती, हाम्रो संस्कृती, खानाले पर्ने असरको बारेमा धेरै जाने ।
नेपाली महिलाहरुको स्वास्थ्यको बारेमा छलफल गर्दा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्य आदिको बारेमा छलफल त हुुन्छ, तर आमा बन्ने उमेरपछिको स्वास्थ्यको बारेमा खासै छलफल हुुँदैन । पहिले महिलाका औसत आयुु नै कम भएकोले शायद यसमा सरकारको त्यति ध्यान गएन । तर अहिले त महिलाहरुको औसत आयुु नै ७२ वर्ष पुुगिसकेकोले रजोनिवृत्ति पछि स्वास्थ्य कसरी राम्रो राख्ने बारेमा छलफल हुनैपर्छ ।
‘मेरो महिनावारी सुकेको तीनवर्ष भयो । त्यसपछिका दिनहरुमा मेरो शरीर तथा मनमा समस्याहरु देखिएको छैन । मैले त यस अवस्थालाई सामान्य रुपमा लिएको छु । म महिला समूहसँग पनि काम गर्छु, अहिलेसम्म महिलाहरुले रजोनिवृत्तिका समस्या पाएको छैन ।’ ४५ वर्षकी पत्रकार अन्जुले धेरै वर्षअघि भनेकी थिइन ।
‘मेरो महिनावारी सुकेको चार वर्ष भयो । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन ।’ एकजना साथीले भनेकी छ ।
महिलाहरुको महिनावारी सामान्यतया ४५–५० वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । अन्तराष्ट्रिय स्तरमा अमेरिकन तथा जापानी महिलाहरुका बीचमा अधिकांश रजोनिवृत्ति पछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ ।
मेनोपोज सिमटम इन नेपाल– डा. कान्ती गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका एकसय पचास महिलाका बीचमा गरिएका एउटा अध्ययन पाइन्छ । त्यसयता यस विषयमा नेपालमा सानो तथा ठूलो स्तरमा कुनै पनि अध्ययन भएको पाइएको छैन ।
महिनावारी सुकेपछि कतिपय महिलालाई केहि समस्याहरू पर्न सक्छन्, यद्यपि केहि महिलालाई केहि समस्या पर्दैन ।नेपाली महिलाहरूले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महिनावारी गडबड हुन सक्छन् । कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । उनीहरु ४५–५० वर्षको उमेर सम्म पनि यी साधनहरु प्रयोग गरि रहन्छन् । महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन सकिन्न । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ ।
तर नेपालका कतिपय ठाउँमा महिलाहरूलाई परिवार नियोजनको साधनले गर्दा हुन सक्ने यस्ता समस्या (महिनावारी गडबडी, धेरै रगत बग्ने, वा महिनावारी नै नहुने आदि) बारेमा जानकारी दिइन्न । रजोनिवृतिको बेला कसैलाई केही समस्या हुँदैन । कसैलाई हुन्छ, कसलाई हुन्छ भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले चाँही स्वास्थ राम्रो हुन्छ । समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि ।
तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृतिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होश पु¥याए राम्रो । राती निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसै कसैलाई जिउ चिलाउने र स्तनको आकार सानो हँुदै जान सक्छ । शरीरमा एस्ट्रोजेनको कम हुँदै जानु हो । चुरोट र सुर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ ।
नेपालको गाउँघरमा महिलाहरुलाई धुम्रपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्राय थाहा हुँदैन । प्राय कति जनालाई त थाहा पनि हुँदैन कि महिनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ । यो महिनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् ।
रजोनिवृतिको विषयमा भएका अनुसन्धानहरुले के देखाएका छन् भने यस्ता समस्याहरुलाई महिलाहरुको भोजन, शारीरिक व्यायाम, जीवन प्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । प्राय नेपाली महिलाहरुले पनि यसलाई उमेर अनुसारको स्वाभाविक प्रक्रिया ठान्दछन् । कतिपयले धर्म–कर्मतर्फ लाग्ने समयको रुपमा पनि यस अवस्थालाई लिइन्छन् ।
रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नु पर्ने चाहिँ हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृति भएपछि या झन बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ ।” यो किताबमा स्पष्टसँग यसको बारेमा लेखिएको छ । साथै यही किताबमा खाना कस्तो खाने भनेर पनि जानकारी छ ।
रजोनिवृती हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्दा प्रोटिन र लौहतत्व पाइने र भटमासको विशेष तत्वले मुटुको रोगबाट बचाउन मद्दत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जानसक्छ । यस्तो बेलामा छाला र गुप्ताङ्मा चिलाउने समस्या हुनसक्छ । कतिपय महिलाहरू यस्तो हुँदा ठूलै रोग भयो भन्ठानेर तर्सिन्छन् । यो समस्याको हल चिल्लो पदार्थ छालामा लगाएर समाधान गर्न सकिन्छ ।
छालामा तिल, बदाम तोरीको तेल लगाउँदा छालामा चिल्लोपन चिलाउने कम हुन्छ । रजोनिवृत्ति अवस्थामा देखापर्ने मानसिक परिवर्तन विभिन्न प्रकारका हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसात गर्न सक्छन् त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारिरीक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसाथ गर्न सक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ ।
अनुसन्धानले के पनि देखाउँछ भने रजोनिवृत्तिका बेला सकारात्मक भावनाहरु आउनुमा राम्रो स्वास्थ्य, राम्रो आर्थिक स्थिति सामाजिक तथा पारिवारिक सहयोग, मानसिक तनावलाई व्यवस्थापन गर्न सक्ने क्षमता जस्ता तत्वले महत्वपूर्ण भूमिका खेल्छन् । यो किताबमा मानसिक तनावले महिलालाई कस्तो समस्या पर्नसक्छ भनेर लेखिएको छ । जसले हामीलाई कति मानसिक तनाव पर्छ भन्ने कुरा निर्धारण गर्छ । कामको धेरै बोझ भए, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बुढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ र महिनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्दछ ।
तनाव परेपछिका असरहरु र कसरी तिनलाई क मगर्ने भन्ने जानकारी त सबैलाई चाहिन्छ । तनाव भएपछि शरिरमा विभिन्न परिवर्तन देखा पर्दछ । जस्तै: हाम्रो मुटुको गति बढ्छ, रक्तचाप पनि बढ्न जान्छ । तर तनाव व्यवस्थापन गरे यस्ता समस्या हुँदैनन ।
तनाव कम गर्ने धेरै उपायहरु छन् । कतिपय उपायहरु हामी हाम्रो जीवनमा उपयोग गर्छौ । जस्तै कहिले काही मानसिक तनाव परेका बेला हामी आफ्ना साथीसँग फोनमा कुरा गर्छौ, एक्लै बाहिर हिंड्न निस्कन्छौं, कोही रोएर मनको भावना व्यक्त गर्छौं, बगैंचामा काम गरेर पनि तनाव कम गर्छौ ।
कतिपय महिलाहरुले तनाव परेका बेला प्रार्थना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दको भएर तनाव कम गर्न पनि मद्दत गर्छन् ।
“महिनावारी सुकेपछि औषधि प्रयोग गर्नुपर्दछ भनेर हर्मोनको औषधि दिने चलन बढेको छ । यस्तो औषधिले क्यान्सर उत्पन्न गर्न सक्छन् भनेर अध्ययनले देखाएको छ ।” कितवबमा स्पष्ट गरी लेखिएको छ ।
महिनावारी सुक्ने बेलामा समस्याहरु कम होस् र शरिर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिँडाई गर्नु ठिक हुन्छ । अल्छि गर्यौं भने हामीमा समस्या हुन सक्छ ‘म जहिले पनि व्यायाम गर्छु । म स्कूूल र कलेजमा हुँदा दौड प्रतियोगितामा भाग लिने गर्थे । । हिंडाई त मेरो लागि खाना र हावा जत्तिकै महत्वपूर्ण छ ।
व्यायामले मानसिक तनाव, अनिन्द्रा, मोटोपन इत्यादि त घटाउँछ नै र आत्मविश्वास बढाउँछ । नियमित व्यायाम गर्ने महिलाहरुलाई रजोनिवृत्ति भएपछि शरिर एकैछिनमा तातो हुने, एकैछिनमा चिसो हुुने समस्या पनि केही कम गर्छ ।
महिनावारी हुनुभन्दा अघि र बन्द भएपछि अल्छि भएर बस्यौं र असन्तुलित आहार खायौं भने विभिन्न समस्याहरु देखापर्न सक्छ । शरिर सक्रिय राख्ने केही न केही काम गरिनै रहनुपर्छ “पहिले म धेरै हिँड्ने गर्थे । अहिले मेरो घुँडा दुख्ने समस्या छ । तर विस्तारै व्यायाम गरेपछि दुखाई कम हुन्छ । अहिले मैले नियमित रुपमा योगा गर्न थालेको छु । विस्तारै मेरो बानीनै उठ्ने वित्तिकै योग गर्ने भएको छ र मलाई धेरै रमाइलो लाग्छ ।” ६० वर्षीय निलिमा भन्छिन् ।
केही महिलाहरु व्यायामलाई एक बोझको रुपमा लिन्छन् । तर व्यायामले आफूलाई फाईदा पुर्याउँछ भन्ने विश्वास गरेपछि अलि अलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ । यसो गर्दा स्वस्थ अनुभव हुन्छ र व्यायाम गर्दा रमाउन पनि सकिन्छ ।
(याे लेख Our body our selves, the wisdom of menopause किताबमा आधारित लेख हो।)
हेल्थपाटी
तपाईँको अभिमत