काठमाडौँमा बर्ड फ्लू फेला
काठमाडौँ । काठमाडौंमा बर्ड फ्लू फेला परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा बर्ड फ्लू फेला परेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभागले जानकारी दिएको छ ।
काठमाडौं तारकेश्वर–७ मा बर्ड फ्लू देखिएको भन्दै विभागले त्यसको नियन्त्रणका लागि टोली खटाएको छ।
पशु सेवा विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठ पठाएको एक पत्रका अनुसार सो स्थानको बर्ड फ्लू नियन्त्रण गर्नका लागि केन्द्रीय रिफरल भेटेरिनरी अस्पताल, त्रिपुरेश्वरका पशु चिकित्सक डा.अर्जुन अर्यालको नेतृत्वमा बर्ड फ्लू नियन्त्रणका लागि टोली खटाइएको छ ।
डा.अर्याल संयोजक रहनुभएको टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरका अधिकृत कृष्ण कार्की, पशु सेवा शाखा, तारकेश्वर नगरपालिका अधिकृत धनिपत राय यादव लगायत हुनुहुन्छ।
हेल्थपाटी
तपाईँको अभिमत