कांग्रेस नेता जोशीको शल्यक्रिया गरियो, अवस्था गम्भीर
अ +
अ -
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उहाँकाे शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा उहाँको उपचार भइरहेको छ ।
उपचारमा न्युरोसर्जन डा.राजीव झासहितको डाक्टरको टोली जोशीको उपचारमा संलग्न छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको बताइएको छ ।
उहाँको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकाले शल्यक्रिया गरेर निकाल्न नसक्ने भएकाले मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन पाइप राखिएको र जोशीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
जोशीलाई बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा वीर अस्पताल लगिएको थियो ।
तपाईँको अभिमत