लामो समयसम्म डिजिटल स्क्रिन हेर्दा के गर्न हुन्छ, के गर्न हुँदैन ?
पछिल्लो समय प्रविधिको विकाससँगै त्यसको प्रतिकूल असर पनि मानिसमा पर्दै आइरहेको छ । डिजिटल ग्याजेटहरूका कारण विशेषगरी आँखामा समस्या हुने गरेको छ ।
लामो समयसम्म लगातार डिजिटल स्क्रिनमा हेर्दा आँखाको स्वास्थ्य खराब हुने गरेको छ । यसको सीमित प्रयोगबाट आँखालाई सुरक्षित राख्न सकिन्छ । यहाँ डिजिटल स्क्रिन हेर्दा गर्न हुने र नहुने केही कुरा प्रस्तुत गरिएको छ ।
गर्न हुने
- बेला बेला आँखा झिम्क्याउनुहोस्।
- २०–२०–२० नियम पालना गर्नुहोस्। (हेरेको २० मिनेटमा २० सेकेन्डका लागि २० फिट टाढाको वस्तु हेर्नुहोस्।)
- Anti-glare/blue cut लेन्स लगाउनुहोस्।
- आफूलाई चाहिएको बमोजिम स्क्रिनको Font size र Brightness थपघट गर्नुहोस्।
- स्क्रिन टाइम monitor गर्नुहोस्।
- डाक्टरको सल्लाह बमोजिम औषधि प्रयोग गर्नुहोस्।
गर्न नहुने
- लामो समयसम्म स्क्रिन हेर्नुहोस्। बिच बिचमा ब्रेक लिनुहोस्।
- सुरुसा आँखा, टाउँको दुख्ने, Focus गर्न गाह्रो हुने जस्ता समस्या भएमा ढिला नगरी डाक्टरको परामर्श लिनुहोस्। बेवास्ता नगर्नुहोस्।
- अँध्यारो कोठामा बसेर मोबाइल/ल्यापटप नगर्नुहोस्।
- कम्प्युटर चलाउँदा कुर्सी परेर नमबस्नुहोस्। सही तारिकाले बस्नुहोस्।
हेल्थपाटी 
तपाईँको अभिमत