हार्ट फाउन्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । नेपाल हार्ट फाउन्डेशन ललितपुरले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएर रिपोर्टिङ गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै फाउन्डेशनले ७५ थान एन ९५ मास्क र त्यति नै थान स्यानिटाइजर सहयोग गरेको हो ।
मंगलबार फाउन्डेशनका कार्यकारी निर्देशक डा. प्रकाशराज रेग्मीले मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा डा. रेग्मीले कोरोना महामारीमा स्वास्थ्यकर्मी जस्तै जोखिममा फिल्ड रिपोर्टिङमा हिड्ने स्वास्थ्य पत्रकार पनि भएको भन्दै न्युनतम स्वास्थ्य सामग्री सहयोग गरको बताउनुभयो ।
मञ्चका अध्यक्ष न्यौपानेले पत्रकारको जोखिम अवस्था बुझेर सहयोग गरेकोमा फाउन्डेशनप्रति धन्यवाद दिनुभयो । फाउन्डेशनले मंगलबार नै काठमाडौँ हार्ट क्लिनिकलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लिनिकका प्रतिनिधिलाई डा. रेग्मीले नै पीपीई मास्क, स्यानिटाइजर, इन्फाइराइड थर्ममिटर, पल्स अक्सिमिटर लगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हेल्थपाटी 
तपाईँको अभिमत