साढे तीन वर्षमा ६ जना स्वास्थ्यमन्त्री, बाचा बोलीमै सिमित
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भुमीका निर्वाह गर्ने नेतृत्वदायी मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पटक पटक परिवर्तन हुँदा कार्यसम्पादनमा समस्या आउने गरेको पाइएको छ ।
एक जना मन्त्रीले आफूले गर्ने कार्यहरुको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटो छिटो मन्त्रि हेरफेर हुँदा समस्या देखिने गरेको हो । ३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ती भएयता तीन वर्ष चार महिनाको अवधीमा ६ जना स्वास्थ्य मन्त्री फेरीएका छन् ।
हालसम्म पद्यमा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रीपाठी, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्नुभयाे । यस्तै, हिजो बिहीबार मात्रै कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रि पनि हेर्ने गरि जिम्मेबारी दिइएको छ ।
कोरोना महामारीयता मात्रै चार स्वास्थ्य मन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता भानुभक्त ढकाल, हृदयेश त्रीपाठी, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्नुभयाे । प्रधानमन्त्री ओलीले पद्यमा अर्याललाई पहिलो पटक आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेबारी राखेर अर्याललाई राज्य मन्त्री बनाउनुभएकाे थियाे । लगत्तै, २०७५ जेठ १८ मा उपेन्द्र यादबले स्वास्थ्य मन्त्रीको जिम्मेबारी सम्हाल्नुभयाे । तर उहाँ धेरै समय स्वास्थ्य मन्त्रालयमा रहनु भएन ।
४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेबारी भानुभक्त ढकाललाई जिम्मेबारी दिइयो । उहाँपनि एक वर्ष जेनतन टिक्नुभयाे । लगत्तै , २०७७ पुस १० मा स्वास्थ्य मन्त्रीको जिम्मेबारी हृदयेश त्रीपाठीले पाउनुभयाे । उहाँपनि पाँच महिना मात्रै टिक्नुभयाे । लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयले सम्हाल्ने मौका मिल्यो तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ती बदर गरिदिएपछि हिजो बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालय सहितको जिम्मेबारी पाउनुभएकाे छ ।
मन्त्रीहरुले स्वास्थ्य क्षेत्रलाई उन्नयन बनाउने प्रतिवद्धता जनाएपनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ । मन्त्रि परिवर्तन भएपनि आम नागरिकलाई खोपको सुनिश्चितता हुन सकेको छैन । कोरोना रोकथाम नियन्त्रणमा स्वास्थ्य सामाग्रि खरिद लगायत प्रकरणमा स्वास्थ्य मन्त्रिकै कारण पटक पटक विवादमा समेत आउने गरेको थियो ।
मन्त्रिहरुले स्वास्थ्य मन्त्रालयमा प्राविधिक तर्फ सचिव नियुक्ती गर्नेदेखि आम नागरिकलाई समयमा खोप लगाउने बाचा दिन भ्याए । तर, कार्यान्वयनमा सकस देखिएको छ ।
( पत्रकार वली राजधानी दैनिकमा कार्यरत हुनुहुन्छ ।)
तपाईँको अभिमत