नेपालमा कोरोना संक्रमितको संख्या एक साताकै उच्च
२४ घण्टामा थप १५० जनामा संक्रमण पुष्टि

फाइल फोटो
काठमाडौं । भारतमा दिनका दिन उच्च संख्यामा कोरोना संक्रमित बढिरहेका बेला नेपालमा पनि संक्रमण बढ्न सक्ने जोखिम बढाएको छ । नेपालमा एकैदिन १५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको ४ हजार ४७२ जनाको पीसीआर परीक्षणमा १५० जनालाई पोजेटिभ देखिएको हो । एकैदिन थपिएका संक्रमितको यो संख्या एक साताकै उच्च हो भने पीसीआर परीक्षण पनि धेरै हो । यस्तै संक्रमित मृतकको संख्या पनि ७ दिनकै उच्च हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् । एक सातामा २२ हजार २७६ जनाको पीसीआर परीक्षण भएकोमा ७४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्तालयले जनाएको छ । साथै, सोही समयमा ६१९ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
आज थपिएका सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ । नेपालमा कोरोना महामारी भित्रिएदेखि हालसम्म ३ हजार १९ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।
एक साताको कोरोना अपडेट
चैत ८ गते
पीसीआर : ३१८१
संक्रमण पुष्टि : ७७
संक्रमणमुक्त : १०६
मृत्यु : ०
चैत ७ गते
पीसीआर : २६३७
संक्रमण पुष्टि : ७९
संक्रमणमुक्त : ८२
मृत्यु : ०
चैत ६ गते
पीसीआर : ३१६१
संक्रमण पुष्टि : १२५
संक्रमणमुक्त : १२३
मृत्यु : १
चैत ५ गते
पीसीआर : ३२५४
संक्रमण पुष्टि : १०७
संक्रमणमुक्त : ६०
मृत्यु : १
चैत ४ गते
पीसीआर : २७८१
संक्रमण पुष्टि : ९४
संक्रमणमुक्त : ५५
मृत्यु : ०
चैत ३ गते
पीसीआर : २७९०
संक्रमण पुष्टि : ११४
संक्रमणमुक्त : ९४
मृत्यु : १
भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि जुलुस, प्रर्दशन, भीडभाग हुने कार्यक्रम, बैठक लगायतका गतिविधि नगर्न अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अपिल गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत