क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन
अ +
अ -
चितवन जिल्ला क्रिकेट संघ (क्यान) का अध्यक्ष सुदीप पियाको निधन भएको छ।
४८ वर्षीय पियाको हृदयघातका कारण उहाँको चितवनस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।
पिया २०८० साउनमा क्यान चितवनको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । पियाले चितवनमा रही नयाँ क्रिकेट खेलाडी उत्पादन तथा यसको विकासका लागि महत्त्वपूर्ण कार्य गर्दै आउनुभएको थियो ।
पियाका एक छोरा र एक छोरी छन् ।
हेल्थपाटी
तपाईँको अभिमत