भारतमा संक्रमण ७ महिना यताकै धेरै, ओमीक्रोन २६०० पार
भारतमा कोरोना संक्रमण हरेक दिन २ गुणाका दरले वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ८५८ नयाँ संक्रमित थपिएका छन् ।
अघिल्लो दिन ५८ हजार भन्दा केही बढी मात्रै संक्रमित फेला परेका थिए।
पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेको संख्या संख्या ७ महिनायताकै धेरै भएको भारतीय मिडियाले जनाएका छन् । यसअघि १० जुन २०२१ मा ९१ हजार ८४९ मा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १९ हजार १५२ जना कोरोनामुक्त हुँदा कोरोनाबाट ३२५ जनाको मृत्यु भएको छ । ७१ हजार बढी संक्रिय संक्रमित थपिएका छन् ।
२६ डिसेम्बरमा भारतमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ५०० भन्दा केही बढी मात्रै थियो । १० दिनमा दैनिक संक्रमितको संख्यामा करिब ७ गुणाले बढेको छ ।
२४ घण्टामा ओमीक्रोन पुष्टि हुनेको संख्या ३७८ छ । भारतमा ओमीक्रोन पुष्टि हुनेको संख्या २६८५ पुगिसकेको छ ।
भारतमा संक्रमण बढ्दै जाँदा नेपाल पनि सम्भावित जोखिममा देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत