राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य अंबारुल हकको निधन
अ +
अ -
काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य एवं प्रदेश २ सहसंयोजक अंबारुल हकको निधन भएको छ । वीगञ्ज अस्पतलामा आइसियुमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका सचिव हिमालय तिवारीका अनुसार अंबारुललाई नसा सम्बन्धी समस्या देखिएपछि विगत १ वर्षदेखि उपचार भइरहेको थियो ।
तिवारीले अंबारुलको निधनप्रति दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन प्रकट गर्नुभएको छ । ४२ वर्षका अंबारुल गौर अस्पतालमा १२ वर्षदेखि ल्याब असिस्टेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत