क्यान्सर अध्ययन संस्थान स्थापना हुने
अ +
अ -
काठमाडौँ । अब क्यान्सर अध्ययन संस्थान स्थापना हुने भएको छ । क्यान्सर रोगसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि आर्थिक वर्ष २०७८–७९ केन्द्रीय स्तरमा क्यान्सर अध्ययन संस्थान बनाइने भएको छ ।
संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिनुभएको हो ।
यससँगै क्यान्सर रोगसम्बन्धी विशेष सेवा दिइरहेका अस्पतालहरूलाई यसै संस्थानअन्तर्गत ल्याइने पनि उहाँले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत