डेंगीबाट दुई जनाको मृत्यु, ३३३९ संक्रमित
अ +
अ -
डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी) का अनुसार दुई जना डेंगी संक्रमितको मृत्यु भएको हो ।
इडीसीडीले सोमबार दिएको जानकारी अनुसार यो वर्ष हालसम्म ३३३९ जना संक्रमित भइसकेका छन् । ७३ जिल्लामा डेंगी पुष्टि भएको छ भने एक जिल्लामा ५०० भन्दा बढी डेंगी संक्रमित रहेका छन् ।
पछिल्लो विवरणअनुसार तनहुँमा सबभन्दा बढी ६५६ जना डेंगी संक्रमित पाइएका छन् । त्यस्तै काठमाडौंमा ३३२ जनामा डेंगी पुष्टि भएको छ भने कास्कीमा २१२ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत