माघ १४ गतेबाट कोरोना विरुद्धको खोप अभियान सुरु हुने
अ +
अ -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान माघ १४ गतेबाट सुरु गरिने बताउनुभएको छ ।
नेपाल सशस्त्र प्रहरीको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने बताउनुभएको हो ।
उहाँले नेपालमा कोराना नियन्त्रणको टर्निङ प्वाइन्टमा पुगेको भन्दै सर्वप्रथम स्वास्थ्यकर्मीलाई खोप दिइने बताउनुभयो ।
भारतले नेपाललाई १० लाख मात्रा कोभिशिल्ड अनुदानमा उपलव्ध गराएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत