नेपाली सेनाले अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई उपचारमा खटाउने

सांकेतिक तस्बिर
काठमाडौ । कोरोना महामारी नियन्त्रणका लागि नेपाली सेनाले सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपचारमा खटाउने तयारी गरेको छ ।
यसका लागि २०७२ देखि यता अवकाशमा गएकालाई जुनसुकै बेला बोलाइन सकिने भन्दै तयारी हालतमा बस्न भनिएको सेनाले जनाएको छ ।
०७२ को भूकम्पमा घाइतेहरूको उपचारको अनुभव समेत भएकाले ०७२ पछि अवकाश पाएका सैनिक स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा खटाउँदा प्रभावकारी हुने सेनाको आकलन छ ।
सैनिक अवकाशप्राप्त डाक्टर, नर्स लगायतका तीन सय स्वास्थ्यकर्मीलाई सेनाले महामारी नियन्त्रणमा खटाउने योजना बनाएको विज्ञप्तिमा जनाइएको छ ।
जंगी अड्डाले आज एक विज्ञप्ती जारी गर्दै आवश्यक परेको बेला सेवामा फिर्ता रहने गरी तयारी गर्न अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत