एकैदिन २०२० लाई कोरोना संक्रमण, अहिलेसम्मकै उच्च

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ६९३जना पुगेको छ । जसमध्ये ४३ हजार ८२० उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८७१ जना डिस्चार्ज भए । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । २४ घण्टामा ११ हजार ४५८ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत