काठमाडौं उपत्यकामा ६१८ जनालाई कोरोना पुष्टि

अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ६१८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जनालाई कोरोना पुष्टि भएको छ ।
आज देशभर १ हजार २४६ जनालाई कोरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ६७३ जना पुगेको छ । जसमध्ये ४२ हजार २४९ उपचारपछि निको भएका छन् भने ३८३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोरङकी ६४ वर्षकी महिला, काठमाडौंका ८७ वर्षका पुरुष, चितवनकी ३६ वर्षकी र कैलालीकी ५७ वर्षकी महिला रहनुभएको छ ।
तपाईँको अभिमत