राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गरिदै, अवस्था स्थिर

फाइल फोटो
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना हुनुभएको छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहानै त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले भर्ना गरि उपचार भइरहेको सेन्टरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको सेन्टरले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेल मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज हुनुभएको थियो । राष्ट्रपति पौडेलले फोक्सोमा पानी जमेको पाइएपछि वैशाखमा भारतको नयाँ दिल्लीमा १० दिन उपचार गराई फर्कनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत