९८ प्रकारका औषधि स्वदेशमानै उत्पादन गरिने
अ +
अ -
सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिनुभएको हो ।
साथै उहाँले आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्नेव्यवस्था मिलाइने जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम अनुसार औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइनेछ।
हेल्थपाटी 
तपाईँको अभिमत