इन्डोनेसियामा पुर्ण खोप लगाएका १४ डाक्टरकाे कोरोनाबाट निधन
४०१ डाक्टरसहित १००० स्वास्थ्यकर्मीको निधन
काठमाडौं । इन्डोनेसियामा कोरोना महामारी सुरु भएयता संक्रमणका कारण करीब १ हजार स्वास्थ्यकर्मीको निधन भएको छ ।
मेडिकल एसोसियसनले शुक्रबार दिएको जानकारी अनुसार मृत्यु भएका स्वास्थ्यकर्मीमध्ये ४०१ जना डाक्टर रहेका छन् ती मध्ये पनि १४ जना पुर्ण खोप लगाएका डाक्टरहरु छन् ।
‘हामी अहिले पनि मृत्यु भएका स्वास्थ्यकर्मीहरुको तथ्यांक संकलन गरिरहेका छौं, ताकी अरुले पनि खोप लगाएका थिए या थिएनन् भनेर निक्यौल होस्,’ एसोसियसनमा कोभिड हेर्ने मोहम्मद अदीबले पत्रकारहरुलाई भन्नुभएको अलजजीराले जनाएकाे छ ।
यसै महिना दुबै खोप लगाएका ३०० भन्दाबढी डाक्टर र स्वास्थ्यकर्मीहरु संक्रमित भए र तीमध्ये केही अस्पताल भर्ना पनि हुन पर्यो । इन्डोनेसियामा पनि कोरोनाको नयाँ प्रजाती डेल्टाका कारण संक्रमण बढिरहेको छ ।
संक्रमण बढ्दै जाँदा उपचारमा समस्या नहोस् भनी राजधानी जर्कातामा अस्पतालहरुमा टेन्टहरुको व्यवस्था गर्न भनिएको छ ।इन्डोनेसियामा २० लाख ७२ हजारबढी मानिसमा संक्रमण पुष्टि भएको जसमध्ये ५६ हजार ३७१ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत