भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात
काठमाडौं । केही युवाहरुले भेरी अस्पतालका डाक्टर तथा नर्समाथि हातपात गरेका छन् । हातपात गर्ने युवाहरु ज्ञानेन्द्र शाही समर्थक रहेको बताइएको छ ।
शाहीसँगै अस्पताल पुगेका युवाहरुले फिजिसियन डा.विपिन आचार्य, नर्स देवा जिसीसहित तीन जना नर्सहरुलाई दुव्र्यवहार गरेका हुन् । डा.आचार्यमाथि उनीहरुले हातपात समेत गरेका छन् ।
‘म हिजो विहान ३ बजेसम्म ड्यूटीमा थिए, सुतेको पनि थिइँन त्यसैले म नर्सि स्टेशनमा आराम गरिरहेको थिँए। आचार्यले भन्नुभयो, भौतिक दुरीसमेत कायम नगरि नर्सहरुलाई गालीगलौज गरिहेको देखेपछि मैले सम्झाउन जादा मलाई नै कठालोमा समातेर लछारपछार गरे । ’
बिरामीको नामको विषयलाई लिएर ती युवाहरुले निहुँ खोजेका थिए तर सोधपुछ पछि त्यहाँ उनीहरुको बिरामी नरहेको डा.आचार्यले हेल्थपाटीलाई भन्नुभयो । बिना कारण, ड्यटीमा खटिरहेको अवस्थामा दुरव्यवहार र हातपात गर्नेलाई कारबाही गरिनुपर्ने माग आचार्यले गर्नुभएको छ ।
अहिले घटनाबारे अस्पताल प्रमुख र युवाहरुबीच छलफल भइरहेको जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत