वीर अस्पतालमा टोमोथेरापी प्रविधिबाट २४२ क्यान्सर बिरामीको उपचार
अ +
अ -
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको एक वर्षमा २४२ जनाले उपचार पाएको र १४४ क्यान्सर बिरामी उपचाररत रहेको उपकुलपति प्राडा. भुपेन्द्र भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा महिनामा ४०० - ५०० सेसन पुरयाइ थप बिरामीको उपचार गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको छ ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन।
हेल्थपाटी
तपाईँको अभिमत