स्वास्थ्यमा क्रियाशिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ । कार्यदलले समस्यामात्रै होइन मन्त्रालयलाई सुझावपनि दिनेछ । कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? दिर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्नेछ । त्यहि अनुसार अघि बढ्न सकिन्छ ।’
कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुसंग संगै रहेर काम गर्दै आएको बताउनुभयो ।
स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहनुभएका नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भिर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताउनुभयो । स्वास्थ्यमा कृयाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरशं पालना हुनुपर्ने बताउनुभयो ।
सहभागी सरोकारवालाहरुले कानुन सम्मत भएको स्तरबृद्धी किन बदर भयो ? भन्दै प्रश्न गरे । यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो गरे । स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो ।
हेल्थपाटी
तपाईँको अभिमत