नयाँ संक्रमितको संख्या दोब्बरले बढ्यो
अ +
अ -
हिजोको भन्दा आज नयाँ संक्रमितको संख्या दोब्बरले बढेको छ । हिजो १६ नयाँ संक्रमित फेला परेकोमा पछिल्लो २४ घण्टामा ३४ जनालाई कोरोना पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनालाई कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर २२३४ र एन्टिजेन १३७६ गरी ३६१० नमुना परीक्षण भएको छ । १५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
सक्रिय संक्रमितको संख्या १०४ रहेको मन्त्रालयले जानकारी दिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत