उच्च ज्वरोका साथै अक्सिजनको मात्रा घटेपछि ट्रम्पको अवस्था थप जटिल
काठमाडौं । कोरोना संक्रमणका पर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रगतमा अक्सिजनको मात्रा घट्दै गएको छ । ट्रम्पको अवस्था चिन्ताजनक हुँदै गएपछि गम्भिर अवस्थामा प्रयोग गरिने डेक्सामेथासोन औषधि दिइएको उपचारमा संलग्न फिजिसियन डा.ब्रियन गरीबाल्दीले जानकारी दिनुभएको सीएनएनले जनाएको छ ।
थप जटिलता आउन नदिन गम्भिर अवस्थाको सुरुवाती चरणमा नै डेक्सामेथासोन औषधि दिइएको गरीबाल्दीले बताउँनुभयो । दिनको २ पटकसम्म ट्रम्पको अक्सिजनको मात्रा घटेकाले डेक्सामेथासोनबाट उपचार सुरु गर्ने निर्णय गरिएको गरीबाल्दीले बताउँनुभयो ।
उहाँका अनुसार,ट्रम्पको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत र अर्काे पटक ९५ प्रतिशत भन्दा कम थियो,यो रगतमा हुनुपर्ने सामान्य मात्रा भन्दा कम हो ।
'बिहीबार रातीदेखि शुक्रबार बिहानसम्म ट्रम्पको अवस्था मध्यम थियो,अक्सिजनको मात्रा पनि ठिक थियो तर शुक्रबार बिहानदेखि ट्रम्पलाई उच्च ज्वरो आउनुका साथै रगतमा अक्सिजनको मात्रा घट्यो', गरीबाल्दीले भन्नुभयो,'त्यसैले गम्भिर अवस्थाको सुरुवाती समयमा नै हामीले डेक्सामेथासोनबाट उपचार सुरु गरेका हौं ।'
ट्रम्पलाई अक्सिजन करिव १ मिनेटमा २ लिटर अक्सिजन दिइएको छ ।ट्रम्पलाई ४ दिनअघि कोरोना पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत