त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा
अ +
अ -
हिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि पुनः सञ्चालनमा आएको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले रोकिएका उडानहरूलाई पुनः सुचारु गर्ने निर्णय गरेपछि विमानस्थल सञ्चालनमा आएको विज्ञप्तिमा जनाइएको छ।
यात्रुहरूलाई आफ्नो टिकट काटेका एजेन्सी वा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थलमा उपस्थित हुन विमानस्थल प्रशासनले आग्रह गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत