उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरस संक्रमण पुष्टि, लकडाउनको घोषणा
उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण आउटब्रेक भएपछि देशभर लकडाउनको घोषणा गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। कति जनालाई संक्रमण पुष्टि भएको खुलाइएको छैन ।
हालसम्म कोरोना भाइरस संक्रमण नभित्रिएको उत्तर कोरियामा संक्रमण देखिएपछि आपतकाको अवस्थाको सृजना भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशभरि लकडाउन गर्न निर्देशन दिनुभएको छ ।
उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दाबी त्यहाँका अधिकारीहरुले गर्दै आएका थिए । छिमेकी देश दक्षिण, कोरिया र चीनमा व्यापक रुपमा संक्रमण भित्रदासमेत उत्तर कोरियामा संक्रमण देखिएको थिएन । कोभ्याक्स र चीनको सिनोभ्याक बोयोटेकले कोरोना विरुद्धको खोप सहयोग गर्छु भन्दा आफ्नो देशमा संक्रमण नै नरहेको भन्दै खोपलाई अस्विकार गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत