आजदेखि सबै सार्वजनिक यातायात खुला, जोर बिजोर प्रणााली हट्यो

फाइल तस्बिर
काठमाडौं । कोरोना भाइरस संक्रमणको चेन ब्रेन गर्नभन्दै काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा आजदेखि सबै सार्वजनिक यातायात खुलेका छन् ।
असार २० गते बसेको उपत्यकामा ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ३१ गतेसम्म लागू हुने गरि जोर बिजोर प्रणाली हटाउने निर्णय गरेपछि आजदेखि निजी तथा सार्वजनिक सार्वजनिक यातायात खुलेका हुन् । स्वास्थ्यका मापदण्ड अपनाई सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ । यसअघि निजी तथा २५ सिटभन्दा बढी सिट क्षमता भएका सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चलाइएको थियो ।
यसैगरी पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो ।
औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ । तर सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रममा भने रोक कायमै छ ।
खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।
1सूचना_20210704_0001
हेल्थपाटी
तपाईँको अभिमत