बेडको अवस्था हेरि ओपिडि सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई बहिरंग सेवा (ओपिडि) तथा इलेक्टिभ सर्जरी लगायतका सेवा बन्द गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको आज बसेको निमित्त सचिव स्तरीय बैठकले संक्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो । अस्पतालको उपलब्ध शैया,जनशक्ति,कोरोना संक्रमितको संख्याका आधारमा आकस्मिकबाहेकका सेवा बन्द गर्न मन्त्रालयले भनेको छ ।
साथै बैठकले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने तथा यस अघि लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न पनि सबै अस्पताललाई निर्देशन दिएको छ । बैठकले गरेका निर्णयहरु :
२.कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था गर्ने,
३.अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त रहेको भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने ।
४. स्वीकृत जनशक्ति भएमा बढी जनशक्ति आवस्यक भएमा ६ महिनाको लागि करार सेवा लिने
५. माथि ३ र ४ अनुसार जनशक्ति व्यवस्थापन गर्न तत्काल सूचना प्रकाशित गरि पहिला आउनेले छनौटमा अग्राधिकार पाउने आधारमा जनशक्ति व्यवस्थापन गरि सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने
६. उपलब्ध अस्पताल शैया , जनशक्ति, कोभिड १९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक उपचारको भने सनिस्चितता गर्ने ।
७. सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धि आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्ने ।
हेल्थपाटी
तपाईँको अभिमत