निको हुनेभन्दा नयाँ संक्रमित धेरै, आज २९७९ जनालाई संक्रमण पुष्टि
काठमाडौं । आज देशभर थप २ हजार ९८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार ७ हजार ८३५ पीसीआर र ४०६३ जनाको एन्टीजेन परीक्षण गर्दा २९७९ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे प्रवक्ता पौडेलले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ३२७ हजार जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत