मुटुको आफ्नै ब्याट्री र तार हुन्छ, झिकेर राखेपनि केही समय चल्छ
हाम्रो शरीरका अंगहरूमध्ये मुटुलाई सबै भन्दा संवेदनशील अंग मानिन्छ। पूरा जीवन नै मुटुसँग जोडिएकाले यसलाई संवेदनशील मानिएको मुटुरोग सर्जन डा. अनिल भट्टराई बताउनुहुन्छ।
डा. भट्टराईका अनुसार बच्चाको भ्रुण विकास भएको १९ देखि नै मुटु धड्कन थाल्छ। त्यो समय सानो ट्वको रूपमा मात्रै मुटु विकास भएको हुन्छ। त्यो समयदेखि जीवनको अन्तिम घडीसम्म मुटु धड्किन्छ।
स्वचालित बनाउन मुटुमा आफ्नै तार ब्याट्री हुने डा. भट्टराईले जानकारी दिनुभयो।
‘मुटुको आफ्नै ब्याट्रि हुन्छ तारहरू हुन्छन्’ डा.भट्टराई भन्नुहुन्छ, ‘त्यो ब्याट्रीले करेन्ट उत्पादन गर्छ त्यो तारमा फैलिएर मुटु धड्किन्छ।’
यो प्रक्रियालाई मेडिकल भाषामा अटो मेट्रिसिटी भनिने उहाँले जानकारी दिनुभयो। यो कारणले गर्दा शरीरबाट बाहिर झिकेर राखेपनि मुटु केही समयसम्म चलिरहने डा.भट्टराई बताउनुहुन्छ।
मुटुमा शरीरको मांसपेशीलाई रगत प्रवाह गर्न रक्त नलीहरू पनि हुन्छन्। यिनीहरू निरन्तर रूपमा चलिरहनुपर्ने हुन्छ। मुटुभित्र भाल्बहरू हुन्छन्। हरेक धड्कनसँग भाल्बहरू खुल्ने बन्द हुने हुन्छ। मुटुको मेकानिजम पनि अन्य अंगको तुलनामा जटिल खालको हुन्छ।
४ मिनेट मुटुको चाल बन्द भयो भने मान्छेको मृत्यु हुने डा. भट्टराई बताउनुहुन्छ। अन्य अंग बन्द हुँदा यति छिटो मृत्यु हुँदैन। यी विशेष प्रकृतिका कारण मुटु सबैभन्दा महत्वपूर्ण अंग हुने डा. भट्टराईको भनाइ छ।
हेल्थपाटी
तपाईँको अभिमत